दशैँसम्म चोभारको पुष्प तथा फलफूल थोक बजारको निर्माण पूरा गर्न कृषिमन्त्री अधिकारीको निर्देशन


२१ भाद्र २०८१, शुक्रबार १७:४० मा प्रकाशित


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दशैँसम्म पूरा गर्न निर्देशन दिनुभएको छ । शुक्रवार काठमाडौंको चोभार स्थित निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको निरीक्षण गर्न पुग्नुभएका मन्त्री अधिकारीले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले बजार निर्माण कम्पनीले निर्माण गर्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिनुभयो । मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने बताउनु भयो ।

उहाँले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कारबाही हुने संकेत गर्नुभयो । उहाँले विगतमा के भयो भन्दा पनि अब दशैँ भन्दा अघि भवन सरकारलाई हस्तान्तरण हुनुपर्ने बताउनु भयो । उहाँले विगतमा के भयो भन्दा पनि अब बाँकी काम तत्काल हुनु पर्नेमा जोड दिनुभयो । उहाँले पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै कृषि मन्त्रालयले त्यसका लागि आवश्यक सहजिकरण गर्नका तयार रहेको बताउनु भयो । 


चोभारमा पुष्प तथा फलफूलको थोक बजार बनाउन २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी करिव ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । तर भवनको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन । अहिलेसम्म ११ औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहेको छ । तर भवनको काम निर्माण सम्पन्न गर्न अझै १३ प्रतिशत बाँकी रहेको छ । समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here