भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्रे गेटबाट निकाल्छुः अध्यक्ष दाहाल


१७ भाद्र २०८१, सोमबार १५:३४ मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेस दाहालले बार्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिनुभएको छ ।


भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने बताउनु भयो । सोमवार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै उहाँले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने बताउनु भयो ।

उहाँले आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तरवार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै अन्तरवार्ता दिने बताउनु भयो । उहाँले सात दिनभित्र आफ्ना कार्ययोजना प्रश्तुत गर्ने पनि बताउनु भयो । 


कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतले सबैकुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महशुस गर्ने विश्वास व्यक्त गर्नुभयो । कदाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा बुझाईको हिसावले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताउनु भयो ।

कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रमा केही परिवर्तन आउनुपर्ने बताउनु भयो । कलाकार जितु नेपालले 


उपस्थित अन्य कलाकारहरुले अध्यक्ष दाहाललाई सफल कार्यकालको शुभकामना दिए । साथै चलचित्र क्षेत्रले नयाँ परिवर्तन महशुस हुनेगरी काम गर्न सुझाव दिएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here