कुनैपनि विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैनः शिक्षामन्त्री भट्टराई


१३ भाद्र २०८१, बिहीबार १५:०० मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुको सन्दर्भमा जवाफ दिँदै मन्त्री भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिने बाहेक अन्य कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नभएको स्पष्ट पार्नुभयो । उहाँले आफूले प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि नगुहारेको पनि बताउनु भयो । मन्त्री भट्टराईले विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरुले संयुक्त रुपमा गरिरहेको बताउनु भयो ।

उहाँले विश्वविद्यालयका व्यवस्थापकिय कार्यमा सरकारले कुनैपनि हस्तक्षेप नगरेको र आगामी दिनमा पनि नगर्ने बताउनु भयो । मन्त्री भट्टराईले राजनीतिक प्रतिवद्धता र कानूनी शासनलाई विश्वविद्यालयभित्र नस्वीकारे विश्वविद्यालयहरु हस्तक्षेपकारी अवस्थामा पुग्ने भन्दै यसतर्फ सबैलाई सचेत गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here