नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएकोप्रति आशंका छः सांसद झा


१३ भाद्र २०८१, बिहीबार १५:०७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।


बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले नेपाल एयरलाइन्सका सबै जाहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सि चेकको लागि एक महिनाको लागि जहाज विदेश पठाएको भएपनि इटालीमा ९० दिनदेखि राखिएको बताउनु भयो ।

उहाँले इटालीमा दैनिक ५ करोड रुपैयाँ पार्किङ शुल्क तिरेर घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरुसँग नाफा खानाका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको बताउनु भयो ।

उहाँले हवाइ क्षेत्रको अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा सो क्षेत्रमा नियुक्ति दिलाउँदा पनि हवाइ क्षेत्रको अवस्था यस्तो बनेको बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here