खेलकुद महासंघलाई शंकर पोखरेलको निर्देशनः जिम्मेवारीसहितको नेता बन्नुस्


२ भाद्र २०८१, आईतवार १७:२५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खेलकुद क्षेत्रको नेतृत्व लिनेगरी अगाडि बढ्न खेलकुद महासंघलाई निर्देशन दिनुभएको छ । पार्टी केन्द्रिय कार्यालय ललितपुरमा नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले साझा खेल संघहरुमा महासंघको नेतृत्वलाई स्थापित गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको हो ।

सबै खेल संघहरुमा कमिटी भित्रका पदाधिकारीहरुलाई पदीय हिसावले नेता हुने की जिम्मेवारी पूरा गरेको नेता हुने हो आफैँले निर्णय गर्न आग्रह गर्नुभयो । महासचिव पोखरेलले खेल क्षेत्रमा महासंघको भुमिका बलियो बनाउन प्रभावकारी योजना बनाउन सुझाव दिनुभयो ।

नेकपा एमालेको खेलकुद महासंघ युवाहरुलाई जोड्ने ठूलो इकाईको रुपमा लिइन्छ । महासंघले विगत केही वर्षदेखि खेलकुदको गतिविधि सञ्चालन पनि गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here