मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी


२ भाद्र २०८१, आईतवार ०९:०४ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

निर्वाचनको मितिबारे सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल सरकारसमक्ष बजेट सुनिश्चितताको प्रयास गर्नेजस्ता तयारीका काम गरिरहेको आयोगका प्रवक्ता रघुराम विष्टले जानकारी दिए ।

निर्वाचन आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । स्थानीय तह निर्वाचन ऐन–२०७३ मा आयोगको सुझावमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here