समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर हुँदा अपराध बढ्योः प्रधानमन्त्री ओली


१ भाद्र २०८१, शनिबार १८:४१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताउनुभएको छ । शनिवार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताउनुभएको हो ।

उहाँले यस प्रकारको अदृश्य वन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताउनु भयो । उहाँले समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।

मानिसहरु स्वयं नैतिक वन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरेपनि अपराध न्युनिकरण नहुने उहाँको भनाई छ । उहाँले दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न नसक्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले अपराधिक मनोवृत्ति घटाउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here