नाइजेरियाली सेनाद्वारा एक हप्तामा १४७ भन्दा बढी आक्रमणकारीको हत्या


१ भाद्र २०८१, शनिबार १४:५३ मा प्रकाशित

गत हप्तामा नाइजेरियाभरि देशको सेनाले विभिन्न आतंकवाद विरोधी अभियानहरूमा १४७ भन्दा बढी संदिग्ध बन्दुकधारी मारिएका छन् । सेनाले देशलाई आपराधिक तत्वहरूबाट मुक्त गर्ने अभियानलाई निरन्तरता दिँदा अपरेसनका क्रममा कम्तीमा ३८१ जना पक्राउ परेका थिए ।

सेनाका प्रवक्ता एडवर्ड बुबाले देशको राजधानी अबुजामा यस अवधिमा सेनाले अपहरणमा परेका कम्तीमा ११३ पीडितको उद्धार गरेको र ७४ वटा विभिन्न हतियार र ३ हजार ४९८ गोलाबारुद पनि बरामद गरेको बताउनु भयो । 


देशका अन्य भागहरूमा हाम्रो चलिरहेको अपरेशनहरूमा शत्रुहरू लुकेका ठाउँहरू खोजिरहेको बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here