पाकिस्तानी प्रधानमन्त्रीद्वारा ओलम्पिक स्वर्ण पदक विजेता नदीमका लागि विशेष पुरस्कार घोषणा


३१ श्रावण २०८१, बिहीबार १२:३६ मा प्रकाशित

हालै सम्पन्न पेरिस ओलम्पिकमा ४० वर्षपछि देशका लागि पहिलो स्वर्ण पदक जित्ने ओलम्पियन अरशद नदीमका लागि पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले रात्रिभोजको आयोजना गर्नुभएको छ ।

शरीफले देशको दोस्रो सर्वोच्च नागरिक पुरस्कार हिलाल–ए–इम्तियाज र उनको उत्कृष्ट प्रदर्शनको लागि पुरस्कारको रूपमा १५० मिलियन रुपैयाँ (लगभग ०.५४ मिलियन अमेरिकी डलर) घोषणा गर्नुभयो ।

अरशद नदीमले पेरिस ओलम्पिकमा पाकिस्तानलाई पहिलो स्वर्ण पदक दिलाए र पुरुष भालाको फाइनल जितेर नयाँ ओलम्पिक कीर्तिमान बनाए । नदीमले सन् २००८ बेइजिङमा नर्वेका एन्ड्रियास थोरकिल्डसेनले बनाएको अघिल्लो खेलकुदको ९०.५७ को कीर्तिमान तोड्दै ९२.९७ मिटरको उत्कृष्ट थ्रो दर्ता गरेका थिए ।

प्रधानमन्त्री निवासमा दिवाभोज कार्यक्रमलाई सम्बोधन गर्दै सरिफले इस्लामावादको एउटा सडकलाई नदीमको नाममा नामाकरण गर्ने र राजधानीको खेलकुद परिसरमा आफ्नो नाममा खेलकुद एकेडेमी स्थापना गर्ने घोषणा पनि गर्नुभयो । जहाँ खेलाडीले सन् २०२८ को ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुन प्रशिक्षण लिनेछन् ।

कार्यक्रममा बोल्दै नदीमले स्वदेश फर्किएपछि धेरै माया पाएको बताउँदै आगामी दिनमा थप विश्व कीर्तिमान बनाउन आफ्नो फिटनेस र स्वास्थ्यमा ध्यान दिने बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here