पाटन अदालतका न्यायाधीश रेग्मीको निधन


३१ श्रावण २०८१, बिहीबार १२:१३ मा प्रकाशित

ललितपुर ।  उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट ग्रसित न्यायाधीश रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको हो ।

उच्च अदालत पाटनले का सूचना अधिकारी अर्जुन आचार्यका अनुसार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति उनको निधन भएको हो ।

 न्याय सेवाका सहसचिव रहेका रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here