सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु


३१ श्रावण २०८१, बिहीबार ११:५६ मा प्रकाशित

सिन्धुली । सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सिन्धुली तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका-२ चियाबारीमा दुर्घटना भएको हो।

बोलेरो दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन्।

बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेलाई सिन्धुली अस्पताल ल्याउँदै गरिएको छ । दुर्घटनापछि विपी राजमार्ग अवरुद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here