प्राधिकरण अनारमनी वितरण केन्द्र परिसरमा विश्वकर्मा बाबाको भव्य मन्दिर निर्माण


३१ श्रावण २०८१, बिहीबार ०९:०६ मा प्रकाशित

झापा । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत अनारमनी वितरण केन्द्रको परिसरभित्र विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको छ।

करिव १७ लाखको लागतमा निर्माण भएको सो मन्दिरको गत वर्ष मंसिर ११ गते शिलान्यास गरिएको थियो। बुधबार एक विशेष धार्मिक कार्यक्रमका बीच विद्युत प्राधिकरणका प्रादेशिक प्रमुख उमेशकुमार साहले मन्दिर उद्घाटन गरे।

तीन दिनदेखि प्राण प्रतिष्ठा गरी बुधबार मन्दिरमा मूर्ति स्थापना गरिएको हो। अनारमनी वितरण केन्द्र प्रमुख संजीवकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले मन्दिरलाई सफल रुपमा व्यवस्थापन गरी सवैको आस्थाको केन्द्रको रुपमा विकसित गर्न आग्रह गरे ।

जनप्रतिनिधि, वितरण केन्द्रका प्रमुखहरु, कर्मचारी र सेवाग्राहीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन लेखा अधिकृत विकास दाहालले गरेका थिए। कार्यक्रममा कर्मचारी दुर्गाप्रसाद पोखरेलले स्वागत मन्तव्य राखेका थिए।

मन्दिर निर्माण गर्नका लागि वितरण केन्द्र प्रमुख साहको अध्यक्षतामा ११ सदस्यीय विश्वकर्मा बाबा मन्दिर निर्माण समिति निर्माण गरिएको थियो।

सो समितिले करिव ३ सयजना दाताहरुबाट करिव १८ लाख रुपैयाँ संकलन गरेको समितिका कोषाध्यक्ष प्रकाश विकले बताए।

वितरण केन्द्रले पुजारी राखेर दैनिक पूजापाठ गर्ने भएको छ। सबैका लागि खुल्ला गरिएको सो मन्दिरमा असोज १ गते विश्वकर्मा पूजाको दिन वर्षेनि भव्य पूजा आयोजना गरिने वितरण केन्द्र प्रमुख साहले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here