अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छः नेता कोईराला


२७ श्रावण २०८१, आईतवार १७:४५ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताउनुभएको हो ।

उहाँले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताउनु भयो । उहाँले दुवै सदनमा बहुमत पु¥याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताउनु भयो । नेता कोईरालाले संविधान संशोधन गर्दा नेकपा(माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताउनु भयो ।

उहाँले अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाँइ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताउनु भयो । उहाँले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि नेपाली कांग्रेस र नेकपा(एमाले) एक ठाउँमा उभिएका बताउनु भयो । उहाँले नेपाली काँग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here