वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन श्रम आप्रवासन नीति चाँडै ल्याउँछौंः श्रममन्त्री भण्डारी


२७ श्रावण २०८१, आईतवार १७:४७ मा प्रकाशित

काठमाडौं । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन छुट्टै श्रम आप्रवासन नीति बनाउने तयारीमा रहेको बताउनुभएको छ । सिंहदरबारमा आईतवार डा.गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार पारेको आप्रवासन नीतिको मस्यौदा बुझ्दै यस्तो बताउनुभएको हो ।

उहाँले समितिले तयार पारेको मस्यौदालाई आवश्यक छलफल र सुझावको आधारमा पूर्ण नीतिका रुपमा सरकारले चाँडै ल्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनको लागि नीति र कानूनको अभाव भएको भन्दै भएका कानूनहरुलाई संशोधन गरी वर्तमान समयअनकुल बनाउने तयारीमा सरकार रहेको बताउनु भयो ।

उहाँले श्रम क्षेत्रमा देखिएका बेथितिलाई समाधान गर्नको लागि श्रम अदालतको दायरा जिल्ला अदालतहरुमा समेत पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अहिले सरकारले श्रम क्षेत्रका तीन कुरामा प्राथमिकता दिएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जाने प्रणालीलाई सुधार गर्न सरकारले नीतिगत रुपमा सुधार गर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीको क्षेत्रलाई कसरी व्यवस्थित र मर्यादित बनाउने गरी आप्रवासन नीतिको मस्यौदा आएको बताउनु भयो ।

उहाँले सरकारले विदेशमा गएका नागरिकहरुलाई नेपाल फर्काएर ल्याउन के गर्न सकिन्छ ? भन्ने विषयमा पनि योजना बनाइरहेको बताउनु भयो । विदेश जानेहरुलाई सरकारले रोक्न नसकेपनि मुलुकमा र्फकाएर ल्याउने योजना बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालले बजार अनुसारको माग गर्ने भन्दा पनि आफ्नो माग अनुसारको बजार बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालीले श्रमको उचित मूल्य पाउनुपर्छ भन्ने विषयमा सरकार स्पष्ट रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here