सरकारले प्रतिवद्धताअनुसार काम गरिरहेको छः गृहमन्त्री लेखक


२७ श्रावण २०८१, आईतवार १७:१० मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले प्रतिवद्धताअनुसारका काम गर्दै गएको दाबी गर्नुभएको छ । आईतवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यस वर्ष अत्याधिक वर्षा भइरहेको भएपनि तुलनात्मक रुपमा क्षति कम भएको बताउनु भयो । उहाँले विपद् पूर्वतयारीका कारण क्षति कम भएको बताउनु भयो । उहाँले पूर्वसूचना प्रणालीका कारणले, पूर्वतयारीका कारणले, जनधनका क्षति हामी न्युन हुँदै गएको बताउनु भयो । उहाँले आगामी पनि प्रतिवद्धता बमोजिम काम गर्दै जाने प्रतिवद्धता दोहो¥याउनु भयो । रात्री बस चल्न दिने/नदिने बारेमा पनि सरकार छलफलमा रहेको बताउनु भयो ।

उहाँले विकास गर्दा विकासको आधारभुत मापदण्ड अपनाउनुपर्ने बताउनु भयो । गृहमन्त्री लेखकले जोखिमपूर्ण स्थानको पहिचान गर्ने र त्यसमा प्रहरी परिचालन गरी समयमै सार्ने कुरामा सरकारले विशेष ध्यान दिइरहेको बताउनु भयो । उहाँले यातायात प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here