जसपा, नेपालको केन्द्रिय समिति बैठक जारी, समाजवादी अवधारणामाथि छलफल


२७ श्रावण २०८१, आईतवार १६:४३ मा प्रकाशित

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालको केन्द्रिय कार्य समिति बैठक शुरु भएको छ । ललितपुरको सानागाउँमा आईतवार बैठक शुरु भएको हो । ४ दिनसम्म चल्ने बैठकले छलफलका लागि १० बुँदै एजेण्डा प्रश्तुत गरेको छ ।

वर्तमान भू—राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा पार्टीको भुमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय÷जातीय मुुक्तिको सवाल,नेपालको सन्दर्भमा समाजवाद सम्बन्धि अवधारणा, जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका एजेण्डा छन् ।

त्यस्तै स्थानीय तह, प्रदेश सभा र सांसदमा पार्टीको भुमिका, पार्टी बिस्तार र सुदृढिकरण कार्ययोजनाको सम्बन्धमा जन परिचालन, सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरु निर्माण सम्बन्धमा र नेताहरुको कार्य विभाजन तोक्ने सहितका १० वटा एजेण्डा बैठकमा छलफलका लागि तय गरिएको पनि अध्यक्ष यादवले बताउनु भयो । बैठकमा स्थानीय तह, प्रदेश सभा र संघीय संसदलाई पार्टीको तर्फबाट प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने जसपा, नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here