मध्य अफगानिस्तानमा बिस्थापित बाढी पीडितहरू जीवनयापनका लागि संघर्षरत


२७ श्रावण २०८१, आईतवार १२:०० मा प्रकाशित

मार्चदेखि भारी वर्षा र बाढीले अफगानिस्तानको अधिकांश भागमा असर गरेको छ । घोर प्रान्तमा मात्रै मे महिनामा आएको बाढीमा कम्तीमा ५० जनाको ज्यान गएको थियो । भारी वर्षाले आएको बाढीले घर र खेतबारी सबै बगाउँदा खान र बस्नका लागि नै अभाव झेलिरहेको बिस्थापित गाउँले मोहम्मद हसन बताउनु हुन्छ । बस्नको लागि कुनै ठाउँ नै बाँकी नभएको उहाँको भनाइ छ । गाउँमा ६ सय परिवार बसोवास गर्ने गरेको र जसमध्ये ५ सय परिवार नराम्ररी प्रभावित भएको बताउनु भयो । 


मेदेखि अफगानिस्तानले धेरै घातक बाढीहरू सहेको छ । जसले राष्ट्रव्यापी रूपमा ४ सय भन्दा बढीको मृत्यु भएको छ । उत्तरी बाघलान प्रान्तमा सबैभन्दा बढी क्षति भएको छ । स्थानीय अधिकारी र बाढी प्रभावित बासिन्दा दुवैका लागि पहाडी घोर प्रान्तलाई धेरै हदसम्म बेवास्ता गरिएको आरोप उनीहरुको छ । पीडितहरूलाई केही मात्रामा खाद्यान्न र नगद मात्र बाँडिएको भएपनि पर्याप्त नरहेको घोर प्रदेशको विपद् व्यवस्थापन प्राधिकरणका प्रादेशिक निर्देशक मुल्लाह मोहम्मद मौज बताउनु हुन्छ । 


यद्यपि, मे २० मा घोरको बाढीपछि जारी गरिएको संयुक्त राष्ट्रसंघको फ्ल्याश स्टेटस रिपोर्टले विश्व स्वास्थ्य संगठनले अत्यावश्यक औषधि, मेडिकल किट, टेन्ट र ३०० वटा सौर्य बत्तीको खेप घोर प्रान्तमा ढुवानी गरेको र चिकित्सा टोली पठाएको उल्लेख गरेको छ । बाढी प्रभावित क्षेत्रहरु। शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले पनि जुन महिनामा एक सय परिवारलाई आपतकालीन टेन्ट र ३४९ जनालाई कपडासहित पु¥याएको बताएको थियो । घोरका केही स्थानीय व्यापारीहरूले पनि विस्थापित गाउँलेहरूलाई खानेपानी र अन्य दैनिक आवश्यकताहरूका लागि नजिकैको खोलाबाट पानी उपलब्ध गराउन पानीको ट्याङ्की भाडामा लिएर सहयोग गर्न अघि बढेका छन् । यसको सुरक्षाको चिन्ताको बाबजुद नदीको पानी उनीहरूका लागि एक मात्र विकल्प हो । 


दैनिक प्रयोग गर्ने पानी हरि नदीको पानी भएको उहाँले बताउनु भयो ।  पिउन योग्य नभएपनि दुर्भाग्यवश अहिले पिउनुपरेको बताउनु भयो ।  हसनले आफ्नो गृहनगरमा मात्र दुई उच्च विद्यालय र धेरै प्राथमिक विद्यालयहरूको विनाशलाई पनि प्रकाश पार्नुभयो । बाढीका कारण प्रदेशभरका ६२ विद्यालयमा ठूलो क्षति पुगेको प्रदेश शिक्षा विभागले जनाएको छ । 


बाढीले आफ्ना सबै स्कुलका पुस्तकहरू बगाएपछि अहिले अन्य विस्थापित बालबालिकासँग समय बिताउँदै गरेको मोहम्मद जान बताउनु हुन्छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here