बाढी र आर्थिक संकटका कारण अफगानिस्तानको युनेस्को सम्पदा क्षेत्रको संरक्षणमा चुनौति


२७ श्रावण २०८१, आईतवार ११:५९ मा प्रकाशित

काठमाडौं । मध्य अफगानिस्तानको बामियान प्रान्तमा विश्व प्रसिद्ध सम्पदा क्षेत्रहरुमा संरक्षणको चुनौति बढेको छ । अफगानिस्तानमा युनेस्कोले सूचीवद्ध गरेका क्षेत्रहरुको संरक्षणलाई लिएर चुनौति बढेको हो । प्राकृतिक प्रकोपका कारण झनै खतरा रहेको बताइएको छ ।

जामको मीनार र यसको पुरातात्विक अवशेषहरूसहित २००२ मा युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो । संगठनका अनुसार समुद्र सतहबाट १९ सय मिटर माथि र कुनैपनि शहरबाट टाढा ६५ मिटर अग्लो मीनार १२ औं शताब्दीको हो । मे महिनामा घोर प्रान्तमा ठूलो बाढी आएका कारण समस्या बढेको उनीहरु बताउँछन् । प्रकोपले कम्तिमा ५० जनाको मृत्यु भयो भने खेतबारी र घरहरू ध्वस्त पारेको थियो । हरि नदीको छेउमा रहेको पुरानो मीनारको आधार डुबाएको थियो । 


काबुलको सूचना र संस्कृति मन्त्रालयसँग कुराकानी गरेको र युनेस्कोको टोलीले घटनास्थलको भ्रमण गरेको पनि बताउनु भयो । मिनार वरपरका भग्नावशेषहरू सफा गरिएको बताइएको छ । मन्त्रालयले मिनारको सुरक्षाको महत्वमा जोड दिएको छ । बाढीले बगाएपछि युनेस्कोले मिनार वरिपरि सुरक्षा पर्खाल बनाउने, खोलामाथि पुल बनाउने र नयाँ गेस्ट हाउस बनाउने योजना बनाएको हैदरीले बताउनु भयो । राष्ट्रको समृद्ध सांस्कृतिक इतिहासको सम्झनाको रूपमा जामको मीनारले महत्वपूर्ण सांस्कृतिक क्षेत्रको रूपमा मात्र काम नगर्ने भन्दै यसले स्थानीय अर्थतन्त्रमा पनि योगदान पु¥याउने बताउनु भयो । 


गत वर्ष जामको मिनारमा विदेशीसहित करिव २ सयदेखि २५० पर्यटकले भ्रमण गरेका थिए । यस वर्ष बाढी आउनुअघि पर्यटकमध्ये ७३ देखि ७४ जना विदेशी नागरिक आएका थिए । घोरलगायत अन्य प्रदेशका मानिसहरूले जामको मीनारमा पुगेका थिए । जामको मीनार र त्यस क्षेत्रमा एक वा दुई रात बिताएपछि आफ्नो घर फर्किएका थिए । स्थानीय बासिन्दाहरूले पनि पर्यटन प्रवद्र्धन गर्न मिनार वरपरको क्षेत्रको विकास गर्न सक्ने सम्भावना रहेको बताए ।

होटल, मनोरञ्जन पार्क, गेस्टहाउस जस्ता सुविधाहरू निर्माण गर्नुका साथै ऐतिहासिक स्थलहरूको मर्मतसम्भार र क्षेत्रको सौन्दर्यीकरण गरेमा थप पर्यटक आकर्षित हुने उनीहरूको विश्वास छ ।  जामको मीनारले धेरै पर्यटकहरूलाई आकर्षित गर्ने बताउँदै भ्रमणले देशको पुनर्निर्माणमा, यस क्षेत्रमा गरिबी र असहज सडकहरू जस्ता समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्ने बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here