संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँः उपप्रधानमन्त्री सिंह


२७ श्रावण २०८१, आईतवार ११:५६ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । ललितपुरमा आईतवार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले अहिले भएका अधिकारहरु कसरी कार्यान्वयन गर्ने ? बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताउनु भयो । उहाँले प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

 उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या अहिले ठूलो रुपमा रहेको बताउनु भयो । उहाँले ब्लेम गेम गरेर मात्रै समाज र देशको अवस्था नसुध्रिने बताउनु भयो । अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने कुरा राम्रो नभएको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here