पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न काठमाडौंमा


२६ श्रावण २०८१, शनिबार १२:३४ मा प्रकाशित

काठमाडौं । भूटानको लिग च्याम्पियन पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिवार बिहान नेपाल आइपुगेको छ । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको हो ।

पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ । होन्डाले तािन पटक विव कप खेलिसकेका छन् । उनी एशियाकै स्टार खेलाडी हुन् । होन्डाको आगमनसँगै टिम मजबुत बनेको टिमको बुझाई छ ।  होन्डा मात्र होइन यो पटक पारो कुल १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ । क्लवले गरेको लगानी अत्याधिक छ । यही कारण टिमलाई जित्नै पने दबाब समेत रहेको छ ।  


तयारी पनि उत्कृष्ट रहेको र होन्डाको आगमनले टिम आत्मविश्वासी रहेको र उनकै वरिपरि रहेर टिम तयार पारिएको प्रशिक्षक पुष्पलाल शर्माले बताउनु भयो । गत वर्ष पनि पारो एफसी कप छनौट खेल्न नेपाल आएको थियो । त्यतिखेर मच्छिन्द्र क्लवसँग पारजित भएको थियो । यो पटक भने टिम पेपरमा निकै मजबुत देखिएको छ । खेल मंगलवार दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here