बहुमतको बलमा संविधान संशोधन गर्दैनौँ, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह


२५ श्रावण २०८१, शुक्रबार १७:३० मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताउनुभएको छ । शुक्रवार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई पूर्णता दिन संविधान संशोधन गर्ने बताउनुभएको हो ।

उहाँले संविधान संशोधन बहुमतको बलमा नगरी निश्चित विधि र प्रक्रियाबाट गरिने बताउनु भयो । अधिकार दिने कुराहरुमा भएका कमी कमजोरी सच्याउन र समाजका असन्तुष्टिहरुलाई सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले काँग्रेस जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएको भन्दै जनतालाई दिएको अधिकार फिर्ता लिनेबारे नसोच्ने बताउनु भयो ।

उहाँले ०७२ सालमा ल्याएको संविधानले दिएको अधिकार कटौती गर्न लागिएको भन्ने गलत व्याख्या भइरहेको भन्दै त्यस्तो नहुने बताउनु भयो । उहाँले ०७२ को संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न र कमी कमजोरीहरु सच्याउनकै लागि संविधान संशोधन गरिने बताउनु भयो । उहाँले संघीयता, गणतन्त्र, समावेशिता लगायतका कुराहरुलाई जनताले चाहेअनुसार नै कार्यान्वयन गराउने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here