दुई वर्षभित्र काठमा आत्मनिर्भर बन्नसक्छौँः वनमन्त्री ठकुरी


२५ श्रावण २०८१, शुक्रबार १६:३७ मा प्रकाशित

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन ऐनअनुसार वनको एकीकृत रणनीतिक योजना तयारीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नीतिगत तहमा दिगो वन व्यवस्थापन मापदण्ड स्वीकृति, कार्यन्वयन गर्ने र वन ऐनअनुसार वनको एकीकृत रणनीतिक योजना तयारीलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले वनलाई उत्पादनमुलक कसरी बनाउने ? र उद्यम विकासमार्फत कसरी हरित रोजगारी बढाउने भन्नेबारेमा पनि सरकारले सोचिरहेको बताउनु भयो । उहाँले वन ऐन, २०७६ को प्रभावकारी कार्यान्वयन, फौजदारी न्याय सम्पदानको विषय महत्वपूर्ण पक्ष भएको बताउनु भयो ।

उहाँले काठ, दाउरा उत्पादन वृद्धि,काठ आयात प्रतिष्थापन गरी दुई वर्ष भित्रमा काठमा आत्मनिर्भर बन्ने र पाँच वर्षमा काठजन्य सामग्रीको आयात प्रतिष्थापन गर्ने बताउनु भयो । मन्त्री ठकुरीले व्यापारिक प्रयोजनमा नजाने सामुदायिक वनको कार्ययोजना डिभिजन वन कार्यालयले सजिलोसँग रेन्यु गरिदिने व्यवस्था मिलाउनसके दुई तिहाई वनहरुको समस्या समाधान हुने बताउनु भयो ।

उहाँले उत्पादन र व्यापारिक प्रयोजनमा जानेको हकमा संघ, प्रदेश र स्थानीय सरकारले वार्षिक कार्यक्रममा राखेर सहयोगी आयोजकहरुलाई भनि एक वर्षभित्र समाधान गर्नुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here