सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छः एमाले सचिव भट्टराई


१९ श्रावण २०८१, शनिबार १५:३४ मा प्रकाशित

काठमाडाैँ- सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले काँग्रेस- एमाले सबै राजनीतिक दलहरूलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन्।

ताप्लेजुङ सरोकार केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउन सोच सत्तारुढ गठबन्धनले लिएको बताएका हुन्।

संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे।

सचिव भट्टराईले दुई ठूलो दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दावी गर्दै यसले यसले मुलुकलाई सही दिशामा अघि बढाउने दाबी समेत गरे।

उनले भने,’अहिले देशका ठूलो पार्टीहरू एउटै सरकारमा बसिरहेका छौँ। मलाई विश्वास छ, हामीलाई विश्वास छ कि यसले एउटा सकारात्मक सन्देश नेपाली जनताको बीचमा गएको छ । अर्थ तन्त्रलाई लयमा फर्काउनु छ। राष्ट्रिय आत्मविश्वासलाई हामीले बढाउनु छ। विदेशी मित्रहरूको विश्वास जितेर देश भित्र लगानीको वातावरण बनाउनु छ । आजको विश्व एउटा शक्ति राष्ट्रहरूको तानातानमा हामी देखिरहेका छौं। चाहे युक्रेनमा होस्, चाहे इजरायलको गाँजा क्षेत्रमा ।

मध्यपूर्वमा होस। अनि अरु अन्य ठाउँमा होस। त्यसका बाछिटाहरू नेपाल जस्ता सानो देशले भोग्नु नपरोस्। सबै विश्वका मुलुकहरूसँग हामी एउटा राम्रो सम्बन्धमा साथ उहाँहरूको सहानुभूति र सहयोग नेपालमा प्राप्त गर्नसक्ने ढंगले हामी जाऔं। 

नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्नेछ। संशोधन गर्नुपर्नेछ। यसको निम्ति नेपाली काँग्रेस र एमाले अग्रसरता लिएपनि संसदमा भएका अथवा नभएका राजनीतिक शक्तिहरू र पार्टीहरूलाई एकसाथ लिएर हामी त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्न सोचिरहेका छौँ।विद्वानहरूले संविधानका बारेमा आफ्ना सुझावहरू हामीले प्राप्त गर्ने नै छौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here