बालेन्द्र साहलाई विद्यासुन्दरको चेतावनीः नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन


१९ श्रावण २०८१, शनिबार १४:१८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताउनुभएको छ । शनिवार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महानगर प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताउनु भयो ।

उहाँले अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताउनु भयो । उहाँले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरु गरेको उल्लेख गर्नुभयो । उहाँले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९ औं स्थानमा राखेको भएपनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औं स्थानमा पुगेको जिकिर गर्नुभयो । 

पूर्वमेयर शाक्यले स्थानीयको इच्छा विपरित कामनपाले काम गरिरहेको बताउनु भयो । उहाँले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाउनु भयो । उहाँले जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताउनु भयो । उहाँले नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताउनु भयो । उहाँले नगर प्रहरी अनावश्यक रुपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गर्नुभयो ।

उहाँले भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्नेकुरा सुन्न आतुर रहेको बताउनु भयो ।  उहाँले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्ने बताउनु भयो । सत्तामा भएकाहरु आफू रमाउनको लागि नभइ भविष्यको पुस्ताको खुशीका लागि लाग्नुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here