कमला ह्यारिसले राष्ट्रपतिका लागि प्राप्त गरिन् आवश्यक समर्थन


१९ श्रावण २०८१, शनिबार १३:१७ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले डेमोक्रेटिकबाट राष्ट्रपतिको उम्मेदवारी सुरक्षित गर्न पर्याप्त डेलिगेट भोट प्राप्त गर्नुभएको छ । डेमोक्रेटिक नेशनल कमिटीका अध्यक्ष जेमे ह्यारिसनले शुक्रवार घोषणा गर्नुभएको हो ।

भर्चुअल मतदान प्रक्रिया सोमवार प्रतिनिधिहरूको लागि बन्द हुनेछ । सोमवार साँझ परिणामहरूको आधिकारिक घोषणा गर्ने अपेक्षा गरिएको छ । लोकतान्त्रिक राष्ट्रिय महाधिवेशन अगस्टमा हुने भनिएको छ । १९–२२ मा पार्टीले राष्ट्रपतिको उम्मेदवारलाई औपचारिक रुपमा मनोनयन गर्नेछ ।

५९ वर्षीय ह्यारिस अमेरिकामा पहिलो अश्वेत महिला र पहिलो भारतीय अमेरिकी हुनेछिन् । उपराष्ट्रपतिको छनोटमा पेन्सिल्भेनियाका गभर्नर जोश शापिरो, एरिजोना सिनेटर मार्क केली र केन्टकीका गभर्नर एन्डी बेशियर समावेश छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here