३ वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवसायीका समस्या मौद्रिक नीतिले सम्बोधन गर्यो : अध्यक्ष सिंह


१२ श्रावण २०८१, शनिबार ११:३२ मा प्रकाशित

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ३ वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवसायीका समस्या मौद्रिक नीतिले सम्बोधन गरेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक पश्चात न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले बैंकबाट लिएको कर्जा समायोजनको समय थप गरिदिएर व्यवसायीहरूलाई केही हदसम्म राहत प्रदान गरेको बताउनु भयो । उहाँले मौद्रिक नीतिले सम्बोधन गरेका समस्याहरू विगत ३ वर्षदेखि भोग्दै आएपनि विगतका सरकार र राष्ट्र बैंकले समेत सम्बोधन गर्दा आज अर्थतन्त्र चलायमान हुन नसकेको बताउनु भयो । उहाँले निर्माण क्षेत्र चलायमान नहुँदा समग्र अर्थतन्त्रमा परेको प्रभावले सरकार र राष्ट्र बैंक संवेदनशिल देखिएको बताउनु भयो ।

उहाँले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निर्माण क्षेत्रका समस्या समाधान हुने आशाको किरणका रूपमा लिएको बताउनु भयो । उहाँले निर्माण क्षेत्रमा भएको संवेदनशिलता र अफ्ठ्यारोहरुलाई बुझेर आएको मौद्रिक नीति आएको बताउनु भयो । उहाँले तत्कालिन समयमा बारम्बार आफ्ठ्याराका विषयमा चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन भने पनि अहिलेको सरकारले मात्रै सुनुवाई गर्ने देखिएको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र संकुचन,राजश्व संकलनको लक्ष्य प्राप्त नहुने लगायतका समस्याका विषयमा राष्ट्र बैंक र सरकार संवेदनशिल देखिएको बताउनु भयो ।

उहाँले समस्या समाधानको लागि मौद्रिक नीतिले सम्बोधन गरेको महशुस भएको बताउनु भयो । उहाँले मौद्रिक नीतिसँगै कार्यविधि बन्दा निर्माण क्षेत्रमा भएको पुँजी अभावलाई सम्बोधन गर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले मंसिर मसान्तभित्रमा सावाँ ब्याज भुक्तानी गर्ने समयावधि थप भएको भन्दै अब भुक्तानी गर्न सक्ने क्षमता अभिवृद्धि गर्नको लागि थप २५ प्रतिशत पुँजीको व्यवस्थापन गर्र्न कार्यविधि बनाएर बैंकहरुलाई निर्माण उद्योगमा लगानी गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here