अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसद्वारा आगामी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा


१२ श्रावण २०८१, शनिबार १०:१७ मा प्रकाशित

एजेन्सी । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

सोसल मिडिया प्लेटफर्म एक्समा ह्यारिसले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेँ। म हरेक मत प्राप्त गर्न कडा मेहनत गर्नेछु।’

आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा आफू विजयी हुने विश्वास पनि उनले व्यक्त गरेकी छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here