काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबिरुद्ध षड्यन्त्र शुरु भएको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उहाँले पार्टीबिरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आएको बताउनुभएको हो ।
उहाँले सो बारेमा यकिन नभइसकेपनि पार्टीबिरुद्ध षड्यन्त्र शुरु भएको बताउनु भयो । उहाँले षड्यन्त्रका बिरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने पनि बताउनु भयो । अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बतउनु भयो ।