विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग नेकपा एसको माग


१० श्रावण २०८१, बिहीबार १३:३५ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) ले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकारस्ँग आग्रह गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा सौर्य एयरलाइन्स दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकासँग आग्रह गरिएको हो ।

बैठकका बारेमा जानकारी दिँदै पार्टीका नेता जगन्नाथ खतिवडाले सौर्य एयरलाइन्सको दुर्घटनाबारे मृतकप्रति श्रद्धाञ्जली दिँदै र दुर्घटनाको बारेमा गहन अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बारेमा सरकारको ध्यानाकर्षण गराउनेबारे छलफल भएको बताउनु भयो ।

मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेको बताउनु भयो । उहाँले बैठकमा पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रिय कमिटीलाई पूर्णता दिन बैठक बसेको बताउनु भयो । उहाँले बैठकमा २९९ सदस्यीय केन्द्रिय सदस्यलाई पूर्णता दिने क्रममा त्यसको आधार, मापदण्ड र चाँडो सम्पन्न गर्ने भन्नेबारेमा छलफल हुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here