बजार अनुगमन प्रभावकारी बनाउन उपभोक्ता अधिकारकर्मीहरुको माग


१० श्रावण २०८१, बिहीबार १५:५४ मा प्रकाशित

काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । बिहीवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उपभोक्ता अधिकारकर्मीहरुले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरु चरम ठगीमा पर्दै आएका बताएका हुन् ।

उनीहरुले बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरु उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन् । बैठकमा बोल्दै उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले नेपालको बजारको अवस्था डरलाग्दो भएको बताउनु भयो । उहाँले बजारमा म्याद गुज्रिएका अखाद्य वस्तुहरुको बिक्री वितरण भइरहेको बताउनु भयो ।

अखाद्य वस्तुका कारण उपभोक्ताको स्वास्थ्यमा समेत असर परिरहेको उहाँको भनाई छ । उहाँले सामग्रीहरु चर्को मूल्यमा बिक्री वितरण भइरहेको र मिसावट पनि व्यापक रुपमा हुने गरेको बताउनु भयो । त्यस्तै बिजुली, पानी र टेलिफोन लगायतका सेवाहरु नियमित नहुँदा नहुँदै पनि चर्को महशुल असुल गरिरहेको भन्दै यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।


बैठकमा बोल्दै सुशासन महासंघ नेपालका अध्यक्ष ओम लामिछानेले स्थानीय निकायहरुले अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले बजार अनुगमन गर्ने कर्मचारी बढाउनुपर्ने बताउनु भयो । उहाँले उपभोक्ता अदालत गठन तुरुन्तै गर्नुपर्ने बताउनु भयो । उहाँले साना–ठूला सबै पसलहरुलाई प्यानमा लानुपर्ने बताउनु भयो । उहाँले दाल, चामल लगायतका खाद्य सामग्रीहरु बाहिर निर्यात नगरी देशमै भण्डारण गर्नुपर्ने बताउनु भयो । 


बैठकमा बोल्दै विश्व उपभोक्ता महासंघ नेपालका अध्यक्ष तारा कार्कीले शक्तिको पहुँचका कारण बजार स्वच्छ हुन नसकेको बताउनु भयो । उहाँले वाणिज्य विभागले बजार अनुगमन गरेर दोषिलाई कारबाही गर्न खोजेपनि राज्यको माथिल्लो निकायबाट संरक्षण हुने गरेको बताउनु भयो ।

उहाँले सिमेन्ट, काँटाकिला लगायतका निर्माणका सामग्रीमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताउनु भयो । उहाँले स्वास्थ्य, शिक्षाको क्षेत्रमा पनि भ्रष्टाचार हुने गरेका कारण उपभोक्ता मारमा परेका बताउनु भयो । उहाँले बजार असहज भएको र खाद्यमा गुणस्तर नभएको बताउनु भयो । 


राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतको भन्सार बिन्दुबाट नआउने खाद्य सामग्रीहरु गैरकानूनी बाटोबाट आउने गरेको बताउनु भयो । उहाँले गैरभन्सारबाट आउने सामग्रीहरुको मूल्यमा एकरुपता नहुने र मिसावट हुने हुँदा उपभोक्ताहरु ठगिएका बताउनु भयो । उहाँले आपूर्ति व्यवस्थालाई सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।


उपभोक्ता हित संरक्षण मञ्च नेपालकि सचिव कुमारी खरेलले राज्यको संयन्त्रहरु सही रुपमा नचलेका कारणले बजार व्यवस्थित हुन नसकेको धारणा राख्नुभयो । उहाँले राज्यका निकायहरुका बीचमा समन्वय हुन नसक्दा पनि उपभोक्ता मारमा परेका बताउनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य सेवा धेरै महंगो भएको भन्दै नागरिकले सहज रुपमा उपभोग गर्न नसक्ने अवस्था रहेको बताउनु भयो । सचिव खरेलले सरकारले बजार अनुगमनमा ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here