भ्रष्टाचारको आरोपपछि अमेरिकी सिनेटर बब मेनेन्डेजले राजीनामा दिने


१० श्रावण २०८१, बिहीबार ११:५२ मा प्रकाशित

अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले अगस्टमा राजीनामा दिनुहुने भएको छ । आफ्नो संघीय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएसँगै उहाँले राजीनामा दिन लाग्नुभएको हो । मेनेन्डेजले आधिकारिक रूपमा न्यु जर्सीका गभर्नर फिलिप डी. मर्फीलाई लेखेको पत्रमा राजीनामा गर्ने आफ्नो इरादा घोषणा गर्नुभएको छ ।

जसले जनवरीसम्म सेवा गर्ने प्रतिस्थापनलाई तुरुन्तै नियुक्त गर्ने अपेक्षा गरिएको छ । न्यु जर्सीका सिनेटर र शक्तिशाली सिनेट विदेश सम्बन्ध समितिका पूर्व प्रमुख मेनेन्डेजले गत हप्ता न्यूयोर्कको म्यानहट्टनमा संघीय जूरीले दिएको दोषी फैसलाविरुद्ध अपिल गर्ने प्रतिवद्धता गर्नुभएको थियो ।

न्यूयोर्कका संघीय अभियोजकहरूले यसअघि डेमोक्र्याटिक सिनेटरले विदेशी सरकारहरूलाई सहयोग गर्ने बदलामा घुस लिएको आरोप लगाएका थिए । मेनेन्डेजलाई घुसखोरी, धोका, विदेशी एजेन्टको रूपमा काम गरेको भन्दै दोषी ठहर गरेको हो । अभियोजकहरूले घुसको बदलामा मेनेन्डेजले इजिप्टको लागि अमेरिकी सहायतामा लाखौं डलर सुरक्षित गर्न सहयोग गरेको आरोप लगाइएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here