विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवार भेटेपछि स्वास्थ्यमन्त्रीः दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ


१० श्रावण २०८१, बिहीबार १३:३० मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताउनुभएको छ । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुग्नुभएका मन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले अहिले मृतकहरुको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताउनु भयो । उहाँले शवको पहिचान भएपनि म्याचिङ गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले बिहीवार बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको बताउनु भयो । उहाँले पहिचान हुन नसकेको शवहरुको भने डिएनए गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने बताउनु भयो । उहाँले नेपालको हवाई क्षेत्र धेरै सुरक्षित हुन नसकेको भन्दै उहाँले वर्षेनी ठूलो संख्यामा क्षति व्यहोर्नु पसररहेको बताउनु भयो । उहाँले नेपाललाई पर्यटकीय गन्तव्य बनाइरहने कुरा गर्दा यस प्रकारका असुरक्षाले क्षति पुग्ने बताउनु भयो ।

उहाँले सरकारले भएका कमजोरी र लापरवाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने पनि बताउनु भयो । उहाँले पुराना र कण्डिसन बिग्रिएका जहज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने बताउनु भयो ।उहाँले सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने पनि बताउनु भयो ।

विमानको ब्ल्याक बक्स सुरक्षित रहेकाले वास्तविकताक छिटै पत्ता लाग्ने पनि बताउनु भयो । उहाँले दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्ने बताउनु भयो । बुधवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । १९ जना यात्रु सवार विमानका पाइलट शाक्य भने उपचाररत हुनुहुन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here