रुसमा बम आक्रमण गर्ने आतंककारी टर्की प्रहरीद्वारा पक्राउ


१० श्रावण २०८१, बिहीबार ११:४५ मा प्रकाशित

रसियामा बम हमला गर्ने एक रुसी आतंकवादीलाई टर्किएको दक्षिणपश्चिमी बन्दरगाह शहर बोर्डरममा बुधवार पक्राउ गरिएको टर्कीका गृहमन्त्री अली येर्लिकायाले घोषणा गर्नुभएको छ ।

रुसी इन्टरपोल युनिटले बुधवार टर्की प्रहरीको टर्की इन्टरपोल/युरोपोल विभागलाई सम्पर्क गरी मस्कोमा कार बम विष्फोट गराएर आतंकवादी हमला गर्ने रुसी नागरिक इभगेनी सेरेब्रियाकोभ टर्किए आइपुगेको जानकारी दिएको येर्लिकायाले बताउनु भयो ।

अनुसन्धानका क्रममा उक्त व्यक्तिलाई विमानस्थलबाट पक्राउ गरिएको टर्की प्रहरीले बताएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here