सरकारले उच्च मनोबलका साथ कुटनीतिक सम्बन्धलाई अघि बढाउनु पर्छः माधवकुमार नेपाल


९ श्रावण २०८१, बुधबार १६:१० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिनुभएको छ । बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने तर्क गर्नुभयो । परराष्ट्र मामिलामा नेपालको शक्ति भनेको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उहाँले त्यसैलाई अवलम्वन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

अध्यक्ष नेपालले अरुले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्नसक्ने विषयहरुको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दो बलियो बनाउन सक्नुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले सरकारले विभिन्न देशमा रहेका नेपालीहरुलाई सहज हुनेगरी कुटनीतिक नियोगहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here