उद्योग समितिमा सांसदको हाजिरी सार्वजनिक गर्न सचिवालयलाई निर्देशन


९ श्रावण २०८१, बुधबार १६:१४ मा प्रकाशित

काठमाडौं । संसदीय समिति बैठकमा सांसदहरु नियमति रुपमा उपस्थित नभएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कडाई गर्ने भएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको विषयमा तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरेको छ ।

संसदीय समिति बैठकहरुमा सांसदहरुको उपस्थिति कमी हुने गरेकाले बैठकमा उपस्थिति सार्वजनिक गरी कडाई गर्न थालेको देखिन्छ । बैठकमा समिति सभापति अब्दुल खानले ३७ वटा समिति बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको हो त्यसको तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिनुभयो । उहाँले पछिल्लो समय समितिमा धेरै विधेयकहरुको विषयमा छलफल गर्नुपर्ने भएपनि सांसदहरुको उपस्थिति कमजोर रहेकाले बैठकमा सहभागिता भएको तथ्याङ्क सार्वजनिक गरिने बताउनु भयो ।

उहाँले समिति बैठकमा सांसदहरुको सहभागितालाई नियमित गराउनको लागि ३७ बैठकमा कुन सांसद कतिवटा बैठकमा सहभागिता भएको तथ्याङ्क सचिवालयको वयवसाइटमा सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गर्नुभयो । उहाँले समिति बैठकहरु सांसदहरुको उपस्थितिलाई सबैले जानकारी पाउने गरी समितिले सार्वजनिक गर्ने निर्देशन दिनुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here