बीआरआई परियोजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्छः परराष्ट्रमन्त्री राणा


९ श्रावण २०८१, बुधबार १५:२९ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धि सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताउनुभएको छ । सो परियोजना कार्यान्वयन सम्बन्धि योजनाबारे विभिन्न अड्कलबाजी भईरहेका बेला मन्त्री राणाले सो अडान राख्नुभएको हो ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास पनि मन्त्री राणाले व्यक्त गर्नुभयो ।

उहाँले सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकार भित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षहरुसँग पनि विस्तुत छलफल गरेर अघि बढाइने बताउनु बताउनु भयो ।

एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको बताउनु भयो । मन्त्री राणाले सो परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको बताउनु भयो । सम्बन्धित सबै पक्षसँग छलफल गरेर अघि बढाउने उहाँको भनाइ थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here