ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्न तोकियो मापदण्ड


३० असार २०८१, शनिबार १६:४१ मा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुले एकै पटक शपथ लिने प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर पार्टीबाट सरकारमा मन्त्री पठाइने उनले बताए।

उनले भने, समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमता भएका व्यक्तिहरुलाई सरकारमा पठाउँछौं। देशलाई गति दिने र सरकारको स्थिरता सुनिश्चित गर्नेगरी अन्य दललाई पनि जोडेर अघि बढ्छौं।

उनले प्रधानमन्त्रीले शपथ लिएपछि कसले कुन मन्त्रालय पाउने र को-को मन्त्री बन्ने टुंगो लाग्ने भन्दै अहिले आन्तरिक गृहकार्य भइरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here