कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु


३० असार २०८१, शनिबार १५:१४ मा प्रकाशित

नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र मन्त्रीका लागि नेताहरुको नाम टुंगो लगाउने निर्णय हुनेछ । साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने काँग्रेसले बताएको छ ।

बैठकमा विपद् व्यवस्थापनका बारेमा छलफल हुने र सरकारलाई विपद् न्युनिकरणका लागि सरकारलाई सुझाव दिइने बताइएको छ । साथै नेपाली काँग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा पनि छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here