प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै


२९ असार २०८१, शुक्रबार ०८:५३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) विश्वासको मत लिँदैछन्।

विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

सत्ताको प्रमुख घटक एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन्। उनी पाँचौपटक विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वास मत पाउन कम्तिमा १३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ । तर प्रधानमन्त्रीको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ । यसअघि सत्ता साझेदार रहेका अन्य दलहरुले भने समर्थन फिर्ता लिँदै विश्वासको मत नदिने निर्णय दिइसकेका छन् ।

प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेस र भर्खरै सरकारबाट बाहिरिएको प्रमुख सत्ताधारी दल नेकपा (एमाले)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरिसकेको छ ।

राप्रपा, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतका पार्टीहरूले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here