कास्कीमा पहिरोः मृत्यु हुनेको संख्या ११ पुग्यो


२९ असार २०८१, शुक्रबार ०८:४६ मा प्रकाशित

पोखरा । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका सात जनासहित मृत्यु हुनेको संख्या ११ पुगेको हो । प्रहरीका अनुसार पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता दुई जनाको शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो ।

पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा बेपत्ता भएकी ११ वर्षीया अनुस्का ओझाको शव फेला परेको छ । यहाँ उनीसहित १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको पनि मृत्यु भएको छ ।

यसैगरी मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर वेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार राति खसेको पहिरोमा पुरिएर पोखरा–१९ पुरन्चौरमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here