लमुजुङमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु


१३ असार २०८१, बुधबार ०७:५४ मा प्रकाशित

झापा । लमजुङको क्व्होलासोथार गाउँपालिका– ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ।

उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको हो।

वडा सदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ।

पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिया पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ वर्षीया नम्रता गुरूङको मृत्यु भएको हो।

रूद्रमानकी श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडा सदस्य घलेले जानकारी दिए। पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन्।

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए। उत्तरकन्याका वडा अध्यक्ष आसविर गुरूङका जनप्रतिनिधिको टोली पनि घटनास्थल पुग्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here