झापाका १४ पालिकाद्वारा बजेट सार्वजनिक, कुन पालिकाको कति ?


१३ असार २०८१, बुधबार ०८:०९ मा प्रकाशित

झापा । झापाका १५ मध्ये १४ वटा पालिकाले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेका छन्।

बजेट सार्वजनिक नगर्नेमा गौरीगञ्ज गाउँपालिका रहेको छ। संवैधानिक व्यवस्था अनुसार असार १० गते भित्र सबै स्थानीय तहले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरिसक्नु पर्छ।

तर गौरीगञ्ज गाउँपालिका पालिकाको नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेको छ। झापाका पालिकाहरूमध्ये सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकाको रहेको छ। सबैभन्दा कम हल्दीबारी गाउँपालिकाको रहेको छ।

झापाका पालिकाहरूको बजेटः

मेचीनगर नगरपालिकाः २ अर्ब ५ करोड २९ लाख रुपैयाँ

दमक नगरपालिकाः १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ

बिर्तामोड नगरपालिकाः १ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ

भद्रपुर नगरपालिकाः ९९ करोड २ लाख रुपैयाँ

शिवसताक्षी नगरपालिकाः ९६ करोड २६ लाख रुपैयाँ

अर्जुनधारा नगरपालिकाः ८५ करोड ५९ लाख रुपैयाँ

गौरादह नगरपालिकाः ८४ करोड ३४ लाख रुपैयाँ

कनकाई नगरपालिकाः ६९ करोड ७७ लाख रुपैयाँ

कमल गाउँपालिकाः ७१ करोड ८३ लाख रुपैयाँ

कचनकवल गाउँपालिकाः ६६ करोड ३१ लाख रुपैयाँ

बुद्धशान्ति गाउँपालिकाः ६४ करोड ८ लाख रुपैयाँ

बाह्रदशी गाउँपालिकाः ५० करोड ४५ लाख रुपैयाँ

झापा गाउँपालिकाः ४९ करोड ४३ लाख रुपैयाँ

हल्दिबारी गाउँपालिकाः ४८ करोड ८९ लाख रुपैयाँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here