सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको छः मन्त्री यादव


११ असार २०८१, सोमबार १५:३१ मा प्रकाशित

काठमाडाैँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन्।

सोमबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शिर्षकअन्तर्गत बोल्दै उनले लामो समय लाइन बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइ काम सुरु गरिएको बताए।

उनले हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि विस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको र बाँकी लागू गर्ने क्रममा रहेको बताए। उनले उपत्यकाका ठूला अस्पतालहरुमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्नेलगायतका कार्यक्रम अघि बढाइएको पनि बताए।

उनले भने, हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि विस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको छ। बाँकी लागू गर्ने क्रममा छौँ। केन्द्रीय अस्पतालमा स्वास्थ्य सेवाको लागि लामो समय कुर्नपर्ने अवस्था हटाउनको लागि मैले मन्त्रालय सम्हालेको सुरुदेखि नै प्राथमिकतामा राखेको छु।

यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइसकेको र अध्ययन प्रारम्भ गरिसकेको जानकारी गराउँछु। उपत्यकाका ठूला अस्पतालहरुमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्नेलगायतका कार्यक्रम अघि बढाइएको छ।

मन्त्री यादवले मिर्गौलासम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here