करण परियारले जिते नेपाल आइडल सिजन-५ को उपाधि


१० असार २०८१, आईतवार ०७:४३ मा प्रकाशित

काठमाडौँ । नेपाल आइडल सिजन-५ को उपाधि करण परियार नेपालले जितेका छन् । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् ।

ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । फर्स्ट रनरअप सलोमी र सेकेन्ड रनरअप सचिन भए l फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ हात पारिन् भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here