मुनामदन एकेडेमीका विद्यार्थीले हेरे चलचित्र ‘गाउँ आएको बाटो’


९ असार २०८१, शनिबार २०:१४ मा प्रकाशित

काठमाडौँ । मुनामदन एकेडेमी, बुद्धाशान्ती बर्नेका बिघार्थीहरुले चलचित्र ‘गाउँ आएको बाटो’ हेरेका छन् ।

शनिबार बिर्तामोडको क्यू एफ एक्स सेनेमा हलमा सय जना भन्दा बढी बिद्यार्थीहरुले उक्त चलचित्र हेरेका हुन् । कक्षा ८, ९ र १० का बिद्यार्थीहरुले चलचित्र हेरेको बिद्यालयका प्रिन्सिपल तथा सञ्चालक चेतन ढुंगेलले बताउनु भयो ।

समाज, सँस्कार र सस्कृतिहरु बुझ्न र बिकासले पारिरहेको नकारात्मक असरहरुलाई नियाल्न पनि यस्ता चलचित्रहरु बिद्यार्थीहरुले हेर्नु पर्ने उहाँको भनाइ छ । उहाँले आउदो १० गते मंगलबार कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई पनि चलचित्र गाउँ आएको बाटो हेर्न ल्याउने जानकारी गराउनु भयो ।

जेठ २५ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र अहिले तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ । दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बालगायत कलाकारहरुले अभिनय गरेको चलचित्रमा बालकलकारको भूमिकामा प्रशन राई रहनुभएको छ ।

महेश राईको कथा लेखन रहेको यस चलचित्रलाई नबिन सुब्बाले निर्देशन गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here