काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेुसका सभापति शेर बहादुर देउवाले पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आह्वान गरेका छन्।
आगामी बुधबार(जेठ ९) गते बस्ने गरि पार्टी सभापतिले बैठक बोलाएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।
उनले भने,राजनीतिक परिस्थती बदलिएको छ,सोहि बिषयमा छलफल गर्न सभापति ज्यूले बैठक डाक्नुभएको हो,पछिल्लो राजनीतिक परिस्थितीबारे समीक्षा गरेर रणनीति तय गर्ने तयारी छ ।
जेठ ९ गते बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा बस्ने तय भएको छ। महरले भने,‘एक दिनको लागि भनेर सभापति ज्यूले बैठक आह्वान गर्नुभएको हो, आवश्यक पर्यो भने छलफल दुइ, तीन दिन लम्बिन सक्छ।
सोमबार प्रतिपक्षीलाई पेलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएलगत्तै देउवा पार्टीको आन्तरिक छलफलमा जुट्ने तयारीमा लागेका हुन्।