उपचुनावका लागि इलाममा मुख्य निर्वाचन अधिकृत तोकियो


२१ चैत्र २०८०, बुधबार १३:१५ मा प्रकाशित

काठमाण्डौ । आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

भोलि इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुने छ ।

उपचुनावको कार्यतालिकाअनुसार आउँदो २४ गते उम्मेदवारी मनोनयन हुने छ । उपचुनावमा भाग लिन आयोगमा २० वटा दल दर्ता भएका छन् । इलाम–२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहने छन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुने छन् ।

निर्वाचन आयोगकाअनुसार २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here