काँग्रेसद्वारा अल्टिमेटम सकिएको घोषणा, संसदीय छानवीन समिति गठन नभए आगामी बैठक चल्न नदिने


२१ चैत्र २०८०, बुधबार १३:०८ मा प्रकाशित

नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा मुछिएको विषयलाई छानविन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गर्नुभएको हो ।

उहाँले विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्यो भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले आगामी संसद बैठकमा आउँदा संसदीय छानविन समिति बनाएर आउन सरकारलाई अपील गर्नुभयो । नेपाली काँग्रेस संसदीय छानविन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उहाँको भनाई छ ।
उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको सहमति बिना अथवा कार्यव्यवस्था परामर्श समितिको सहमति बिना संसद बैठक सञ्चालनका लागि कार्यसूचि नराख्न सभामुखलाई आग्रह पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here