टेरामक्स घोटाला प्रकरणको विषयमा मन्त्री बस्नेत पत्रकारमाथि आक्रोशित


१४ फाल्गुन २०८०, सोमबार १७:२५ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित हुनुभएको छ ।

सोमवार संसद बैठकपछि उहाँले सो प्रकरण जिज्ञासा राख्दा तपाईं कहाँको पत्रकार हो नि प्रतिप्रश्न समेत गर्नुभयो । पत्रकारहरुले सो प्रकरणमा मुछिएका तपाईले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि ? भनि जिज्ञासा राखेका थिए ।

मन्त्री बस्नेत भने केको नैतिकता भन्दै पत्रकारमाथि आक्रोशित हुनुभयो । कसैले रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ? मन्त्री बस्नेतको आक्रोश थियो । उहाँले एमालेले संसदमा आफ्नो राजीनामा माग गरेर ‘पुंग न पुच्छर’को कुरा गरेको टिप्पणी गर्नुभयो ।

मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमती दिएको पनि बताउनु भयो । उहाँले सो प्रकरणमा आफूले गल्ती नगरेको जिकिर गर्दै आफूमाथि उजुरी दिनेको नाम पनि समय आएपछि सार्वजनिक गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here