साढे पाँच हजार मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छः गृहमन्त्री श्रेष्ठ


१४ फाल्गुन २०८०, सोमबार १७:२३ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडतहरुलाई न्याय दिने काम भइरहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितहरुलाई न्याय दिने काम भइरहेको बताउनुभएको हो ।

उहाँले तत्कालिन आयोगमा आएका उजुरीहरुलाई मन्त्रिपरिषद्ले निणर्य गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपील गर्ने बताउनु भयो । उहाँले प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्ने उहाँको भनाई छ ।

त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उहाँले बताउनु भयो । उहाँले पीडितलाई हर हालतमा न्याय दिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here